१५ माघ २०८२, बिहिबार | January 29, 2026

फ्राइडे रिलिज : ‘फूलबारी’ दुई विदेशी फिल्मसँग भिड्दै



काठमाडौं । शुक्रबार नेपाली सिनेमा हलहरुमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्मतर्फ ‘फूलबारी’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘शेहजादा’, हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया’ रिलिज भएका हुन् ।

रामबाa’ गुरुङ निर्देशित ‘फूलबारी’ ले पारिवारिक कथावस्तुलाई समेटेको छ । ‍यस फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन् । कमल किशोर मलपानीको कथा र ‘कन्सेप्ट’ रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । बिहीवार भएको प्रिमियर शोमा यस फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ ।

त्यसैगरि, कार्तिक आर्यनको मुख्य भूमिका रहेको ‘शेहजादा’ पनि हलमा रिलिज भएको छ । रोहित धवन निर्देशित यस फिल्ममा कार्तिकका साथै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ ।

फिल्म ‘शेहजादा’ अल्लु अर्जुन, पूजा हेगडे स्टारर फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो । कमेडी एक्सन जनरामा बनेको फिल्मले दुई बच्चा जन्मदै साटिएको र धनी परिवारको शिशु गरिब परिवारमा साटिदाँ ल्याउने उतारचढावको कथालाई समेटिएको छ ।

आजबाट रिलिज भएको हलिउड फिल्म ‘एन्ट- म्यान’ एक्सन, एडभेन्चर र कमेडी जनरामा निर्माण भएको हो । मार्भल स्टुडियोको बनाएको यस फिल्मलाई पेटन रीडले निर्देशन गरेका हुन् । फिल्ममा पल रुड र इवांगेलिन लिलीको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ०० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण