१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

काठमाडौं आइपुगे भारतीय सेनाका चार पूर्व प्रमुख



काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् ।

काठमाडौं आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरुको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहनेछ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदैछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : १० बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी