२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

फिटनेश हबको दोस्रो शाखा तिलोत्तमाको शान्ति चोकमा



बुटवल । तिलोत्तमा नगरपालिका ३ शान्ति चोकमा फिटनेश हबले दोस्रो शाखा शुभारम्भ हुर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरि नँया शाखाको उद्घाटन तयारी पुरा भएको संचालक लोकेस थापाले जानकारी दिए । बुटवल कालिकानगरमा पहिलो शाखा ३ वर्ष पूरा भएसंगै दोस्रो शाखा आईतबारबाट शुभारम्भ हुने उनले जानकारी दिए ।

नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा कालिकानगरमा लोकेस थापा, बिनोद थापा, पुरन कार्की मिलेर संचालन गरेका थिए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पुर्वाधार तयार गरिएको छ । खेलप्रेमीहरु लोकेस थापा, बिनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टिमको लगानीमा रहेको छ ।

पहिलो शाखामा कार्डियो विशेष थियो भने नँया शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका ब्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जिममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।

जिम हाउसको ७० जनाले एक्ससाइज गर्न सक्ने क्षमता रहेको उनले बताए । गृहिणी महिलासंगै अफिस काममा ब्यस्त हुनेहरुलाई लक्षित गरि थोरै समय निकालेर ब्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : २४ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल