२७ मंसिर २०८२, शनिबार | December 14, 2025

कम्बोडिया पठाइदिने बहानामा ठगी गर्ने एक जना पक्राउ



काठमाडौं ।  कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका(२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : ५७ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको