२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको जित



काठमाडौं । काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो। नेपाललाई विजयी बनाउन कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेका छन् । स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ३ विकेटले विजयी भएको हो ।

सुरुवाती ब्याटिङमा एक पछि अर्को विकेट गुमाएको नेपाललाई मध्यक्रममा पुगेपछि मल्ल र ऐरीले कुशलतापूर्व सम्हालेका थिए । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपाललाई स्कटल्यान्डले ५० ओभरमा २७४ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डका लागि मिकेल लेस्कले शतक प्रहार गरेका थिए। लेस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ४ : ५५ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी