२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कप्तान बेरिङ्टनको शतकमा स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य



काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टिम स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रन बनायो ।

उसका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले । उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रनको पारी खेलेका हुन् । यस्तै, माइकल लिस्कले अविजित ९६, चार्ली टियरले ६८, मार्क वाटले २१ र फिनले म्याकक्रियाथले १७ रन जोडे । नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले दुई/दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

सिरिजमा नेपाल तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटले रोमाञ्चक जित निकालेको थियो । यस्तै, दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पाखा लगायो ।

नेपाल आजको खेलमा पनि जित निकाल्नै लय कायम राख्ने योजनामा छ । सिरिजअन्तर्गत नेपालले मंगलबार नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नेछ ।

जारी लिग-२ मा ८ टोली सहभागी छन्, जहाँ स्कटल्याण्ड १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने यस लिगको शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ७ : २५ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा