१ असार २०८२, आइतबार | June 15, 2025

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्क सहित सातौँ स्थानमा छ । नेपालको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

२२ खेलमा २६ अङ्क सहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो । स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको छ ।

लिग-२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ७ : १२ बजे

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

वासिंगटन डिसी। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको

सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

काठमाडौं । संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले

आज जयतु संस्कृतम् दिवस

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि