२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुटवलमा जारी चौथो राष्ट्रपति रनिङ शिल्डमा नाराबाजी, कालिकाको पक्षमा धाँधली भएको आरोप



बुटवल । बुटवलमा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा नाराबाजी भएको छ । आयोजकले खेल परिणाममा पक्षपात गरेको भन्दै सहभागी विद्यालयका विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

आज संचालन गरिएको १०० मिटर दौडमा तेस्रो स्थानमा आएका त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थी दिपक थापालाई पक्षपातपूर्ण तरिकाले फल्ड भएको भन्दै जबर्जस्ती कालिका माविका विद्यार्थीलाई विजयी घोषणा गरेपछि विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

दौड प्रतियोगितामा कुनै फल्डबिना तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई एम्पायरले विजयी घोषणा गरेरपनि पछि पुनः फल्ड भएको भन्दै कालिकालाई तेस्रो स्थान घोषणा गरेपछि सहभागी विद्यालयका विद्यार्थीहरु आक्रोशित भएका थिए ।

रेकर्ड गरिएको भिडीयोमा पनि कुनै फल्ड नभेटिएपनि कालिकाको प्रभावमा परेर धाँधली गरिएको त्रिभुवन युनाइटेड एकेडेमीका प्रधानाध्यापक रामचन्द्र बस्यालले बताए । उनले रनिङ शिल्डमा लगातार कालिकाको पक्षमा धाँधली हुँदै आएको भन्दै कालिका बाहेकका विद्यार्थीहरुलाई हतोत्साहित बनाउने काम भएको बताए ।

आजै सम्पन्न कवड्डी खेलमा १८ वर्ष उमेर समुह भन्दा माथिका विद्यार्थीहरु जर्सीमा भित्रिएपछि त्यहाँपनि केहिबेर तनाव भएको थियो । सहभागी विद्यालयले उमेर समुहको कुरा उठाएपछि कालिका सहित केहि विद्यालयका विद्यार्थीहरु आफै साइड लागेका थिए ।

प्रतियोगितामा धाँधली भएको सम्बन्धमा कालिकाका खेल शिक्षक समेत रहेका रनिङ शिल्ड प्रतियोगिताका उपसंयोजक हरिस वलीले नाराबाजीको विषयमा आफुलाई थाहा नभएको बताए । उनले निर्णायकहरुले गरेको निर्णय नै मान्य हुने भन्दै निर्णायकले गरेको निर्णयलाई सबैले मान्नु पर्ने बताए ।

प्रतियोगिताको पहिलो उदघाटन सत्रमा नै कालिकाको दबदबा कायम राख्दै अन्य सामुदायिक विद्यालयलाई हतोत्साहित बनाउने काम भएको नाम नबताउने सर्तमा एक विद्यालयका शिक्षकले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : १२ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो