२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लको अर्धशतक



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । खेलमा उनले कुल ७४ बलमा ६५ रन जोडेर आउट भए । उनले ५ चौका र ३ छक्का हाने । उनले र आशिफ शेखले दोस्रो विकेटका लागि १४८ रनको साझेदारी गरेका छन् ।

टियु किकेट मैदानमा यतिखेर नेपाली फ्यानहरूको घुइचो लागेको छ । नेपाली टोलीलाई उत्साह दिन हुटिङ गरिरहेका छन् ।

जारी म्याचमा नेपाललाई नामिबियालाई महत्वपूर्ण २७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो ।

हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।
९तस्बिरः क्यान०

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ३ : ५६ बजे

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा