४ चैत्र २०८२, बुधबार | March 19, 2026

रोटरी क्लब अफ बुटवल चौतारीकोे आयोजनामा निशुल्क स्वास्थ्य शिविर



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आईतबार बुटवल ११ सत्यवती टोल स्थित क्लवकै प्रस्तावित भवन निर्माण स्थलमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले निशुल्क स्वास्थ्य शिविरले धेरै जना लाभाम्बित हुने भन्दै सामाजिक कार्यलाई निरन्तर अघि बढाउन क्लवलाई आग्रह गरिन । उनले स्वास्थ्य सचेतना, शिविर जस्ता कार्यक्रम बाट समाजमा लुकेका रोगहरु बाहिर ल्याउन सकिने भन्दै स्वास्थ्य प्रबद्धनात्मक कार्यक्रममा क्लवलाई उपमहानगरको तर्फबाट सधै सहयोग रहने समेत बताईन ।

क्लवका अध्यक्ष सन्तोष केसीले बार्षिक कार्ययोजना अनुसार निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको बताए । उनले स्वास्थ्य शिविरका अलवा बृक्षारोपण, सरसफाई कार्यक्रम, विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, न्यानो पोशाक वितरण, विरामीलाई फलफुल वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

चौराह हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविर कार्यक्रममा नाक, कान, घांटी, हाडजोर्नी, महिला रोग, बालबालिका, दन्त परिक्षण गरिएको थियो । त्यसैगरी सुगर परिक्षण समेत गरिएको थियो । शिविरमा २४६ जनाले सेवा लिएको कार्यक्रम संयोजक श्रीकान्त सुवेदीले बताए । साथै उक्त कार्यक्रममा कलबले बुटवल १३ नागरिक टोलका अशक्त लेकसरी गुरुङ लाई एक थान ह्लि चियर चियर प्रदान गरिएको थियो ।

कार्यक्रममा रोटरी बुटवल चौतारीका एजी पुरन श्रेष्ठ,चौराहा हस्पिटलका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारी, बुद्धभुमि ट्यक्सी सेवा का प्रतिनिधि दिलिप बि.क, सत्यवती टोल बिकास संस्थाका सचिव बिष्णु काफ्ले लगाएतले बोलेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा क्लवका सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : १६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन