२२ मंसिर २०८२, सोमबार | December 8, 2025

जनताको भावना अनुसारको राष्ट्रिय नीति बनेन – सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको राष्ट्रिय नीति नबनेको बताएका छन ।

उनले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमानाको समस्या भोग्नु परेको बताए ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आईतबार बुटवलमा सम्पन्न १६ औं वार्षिक साधारण सभामा बोल्दै नीति नहुंदा थिति नबसेको हो भने ।

उनले नीति तथा कानुन बनाउन नागरिकस्तरबाट तिनै तहका सरकारलाई दवाव दिनुपर्नेमा जोड दिए । कमजोर खालको नीति तथा कानुन भएकाले खुल्ला सीमानाले सबै क्षेत्रका साना ठूला व्यवसायी र आमनागरिकले ठूलो समस्या भोग्नु परेको बताए ।

उनले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिवद्वता जनाउंदै विकास माग्न भन्दा देशलाई चाहिने खालको कानुन माग्न आग्रह गरे । साना व्यवसायीलाई संरक्षण गर्ने गरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा जोड दिए ।

बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्त कुरा बाहिर नआउंदा समस्या आएको बताए । उनले व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिए ।

खुल्ला सीमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायी संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले बताए । खुल्ला सीमानाका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको र अबैध व्यापार बढेको बताए ।

खुल्ला सीमाना नियन्त्रण गरी बैंकको महङो व्याज र मनोमानी बढाईएको घरभाडा घटाउन सरकारसंग खुद्रा किराना व्यवसायीको माग छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हकिकुल्ला खां, एमालेका खेम लुइटेल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका पूर्व अध्यक्ष कमला गौतम, टिकाराम गैरे, ज्ञानप्रसाद न्यौपाने, पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोलेका थिए ।

संघका अध्यक्ष मोहनप्रसाद बस्याल र महासचिव गोपाल प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ०७ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द