८ चैत्र २०८२, आइतबार | March 22, 2026

राजीनामा दिएको घोषणा गरेकी लुम्बिनी प्रदेश मन्त्री केसीको मन्त्रीकै हैसियतमा कार्यक्रममा दौडाहा



बुटवल । प्रदेश सरकारको मन्त्रिपरिषदबाट राजीनामा दिएको बताउँदै आएकी माओवादीकी केन्द्रीय सदस्य कृष्णा केसी नमुनाले विभिन्न कार्यक्रममा भने मन्त्री कै हैसियतले उदघाटन र उपस्थिती जनाउने गरेकी छन् । पार्टी कमिटीको निर्णय बिना आफुलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनाइएको भन्दै मन्त्री पदबाटै राजीनामा दिएको बताउँदै आएकी मन्त्री केसीले बाँकेका बिभिन्न कार्यक्रमहरुमा मन्त्रीकै हैसियतले सहभागीता जनाउँदै आएकी हुन् ।

हरेक दिन बाँकेमा हुने कार्यक्रममा उनले उनैले अस्विकार गरेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको हैसियतले उदघाटन, आतिथ्यता र सहभागिता जनाउँदै आएकी छन् । यसै हप्ता मात्र महिला उद्यमीहरुले आयोजना गरेको घरेलु मेलाको प्रमुख अतिथि बनेकी मन्त्री केसीले आज योङ कम्युनिष्ट लिग बाँकेले मनाएको जनयुद्ध दिवसको कार्यक्रममा मन्त्रीको हैसियतले प्रमुख अतिथि बनेकी छन् ।

उनले लिगले आयोजना गरेको फुटवल प्रतियोगिताको उदघाटन गर्दै तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । ‘हामीकहाँ भएका तीनै तहका सरकारबीच समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता हो’ उनले भनिन्, ‘तीनै तहबीच समन्वय र सहकार्य भएर काम भए संघीयता कार्यान्वयनमा सहज हुन्छ ।’ युवाको तातो जोश र जाँगरलाई विवेकमा बदलेर साँच्चिकै समाजको नेतृत्व गर्न सक्नु पर्ने उनले बताइन् ।

पार्टीको प्रदेश कमिटी, संसदीयदल र अन्य कुनै कमिटीबाट निर्णय नै नगराई आफुलाई आन्तरिक मामिला मन्त्रीमा नियुक्त गरिएको भन्दै मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तार गरेकै दिन राजीनामा दिएको घोषणा गरेर बाँके पुगेकी थिइन् । उनले पार्टीले निर्णय नगर्दा सम्म आफुलाई तोकिएको मन्त्री पदको पदभार ग्रहण नगर्ने घोषणा गर्दै आएकी छन् । मन्त्रिपरिषद विस्तार हुनु अघि विना विभागिय मन्त्री रहेकी उनले सो पदबाट पनि राजीनामा दिएको बताउँदै आएकी छन् ।

राजीनामा दिएको आफै घोषणा गरेपनि मनत्रीको हैसियतले प्राप्त सुबिधा भने उनले फिर्ता नगरेको मुख्यमन्त्रीको कार्यालय भालुवाङका एक कर्मचारीले बताए । पदबहाल नगरिदिँदा कतिपय सदर गर्नु पर्ने फायल अलपत्र परेको ती कर्मचारीले बताए ।

पार्टीको शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले तोकिएको जिम्मेवारी लिन निर्देशन दिएपनि मन्त्री केसीले संसदीय दलबाट निर्णय हुनुपर्ने भन्दै बाँकेमा बस्दै आएकी छन् । मन्त्री केसी माओवादी नेता जनार्दन शर्मा निकट मानिन्छन् । शर्माकै आडमा पार्टिको प्रदेश र स्थानीय कमिटीको निर्णय केसीले नमान्ने गरेको माओवादीका एक नेताले बताए । गत आम निर्वाचनमा खेलकुद मन्त्री समेत रहेको माओवादी स्थायी समिति सदस्य महेश्वर गहतराजलाई चुनाव हराउन मन्त्री केसीकै हात रहेको भन्दै पार्टीमा उजुरी परेपनि त्यसको कुनै टुङ्गो नलागेको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ४७ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली