२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

म्यानचेस्टरको लेस्टर सिटी माथी सानदार जीत



काठमाडौं । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथी सानदार जीत निकालेको छ ।

इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३-० ले पराजित गरेर सानदार जीत निकालेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १-० को अग्रता लियाे । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाइ २-० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३-० को जित सुनिश्चित गरे ।  ४६ औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा  छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४ औं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ५९ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र