६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनीका कृषि तथा भुमि व्यवस्थामन्त्री अहिरले लिए पद तथा गोपनीयताको सपथ



बुटवल । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले सोमर पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार कषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका थिए ।

एक साताअघि कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्रि कार्यालयमा लगेर जसपाका अहिरलाई मुख्यमन्त्री लिला गिरीले मन्त्री गराएका हुन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो । त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन् ।

त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् ।

मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन् । लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन् । यद्यपी मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका तुल्सी शर्मालाइै मुख्यमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीय रुपमा राखिने भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ५८ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको