१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी, १८ प्रतिशत मात्र राजस्व असुली



सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको  मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केही सामानको मात्र राजस्व तिर्ने र बाँकीको   राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो ।

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएका छन् ।

सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ ।

त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख ० हजार, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन् ।

भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ । तस्करहरुले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आँखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसंग नजराना लिई  तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन् ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्।

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ  (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल) भि-याउने र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार) पु-याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए ।

उनले थपे, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरु  मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’
सुरक्षाकर्मीले नै तस्करहरुलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरुले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे ।

जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमानाकामा कडाका साथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे ।

‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कारबाही गर्छौँ ।’

चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन । यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि  प्रहरी बेखवरझैं बसेका छन् ।
 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ३८ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र