२५ असार २०८३, बिहिबार | July 9, 2026

ताजकिस्तान हिमपहिरो : उन्नाइस जनाको मृत्यु



ताजकिस्तान । मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । यही फागुन ३ देखि ७ गतेसम्म २०० स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् ।

हिमपहिरोका कारण आपत्कालीन सेवासमेत बन्द भएका छन् । बेला बेलामा मध्य एसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ । पूर्वसोभियत सङ्घबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो । उक्त देशमा सात हजार मिटरभन्दा माथिका हिमशिखर छन् । पञ्चानब्बे लाख जनसङ्ख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएका छन् ।

तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति इमोमाली रहमोनसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिमपहिरोका कारण भएको अमूल्य जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ३७ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’