१३ जेष्ठ २०८१, आइतबार | May 27, 2024

‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ को बुटवल अडिसन बुधबार



बुटवल । पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को बुटवल फिल्ड अडिसन बुधबार हुने भएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिला नेपाली अन्तर्राष्ट्रिय रियालिटी सो ’मेरो भ्वाइस यूनिभर मेरो डान्स यूनिभर्सको फिल्ड अडिसनको हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रियालिटी सो का निर्देशक एलिन श्रेष्ठले फिल्ड अडिसन नेपालको विभिन्न सहर सँगै इन्डियाको सिलिगुरीमा हुने बताउँदै बुटवलमा फागुन १० गते बुधबार हुने जानकारी दिए । उनका अनुसार नेपालगन्जमा फागुन ६ गते भैसकेको छ भने अब सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७२ २८ हुनेछ ।

फिल्ड अडिसनमा कुनै शुल्क नलाग्ने बताउँदै उनले आफ्नो उमेर १८ वर्ष कटेको खुल्ने नेपाली कागजात लिएर बुटवलको कान्ति स्कुलमा उपस्थिति हुने आग्रह गरे । उनका अनुसार फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौँ गएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका बोर्ड मेम्बर निस्क शर्माले ’मेरो भ्वाइस यूनिभर्स’ र मेरो डान्स यूनिभर्स दुबैका विजेतारुले नेपाली एकरएक करोड रुपियाँ पुरस्कार, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिए ।

उनका अनुसार डान्स यूनिभर्स अन्तरगतको संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । ’मेरो भ्वाइस यूनिभर्स’को निणरयक मण्डलमा सुरेश अधिकारी शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान र साथै मेरो डान्स युनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि।सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने बुटवल अडिसन संयोजक शिव सुबेदीले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ४० बजे

आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सलाई

काठमाडौं । भारतको चेन्नाईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को

बाँकेमा रक्तदान गरेर कृष्ण सेन “इच्छुक”को सम्झना गरियो

नेपालगन्ज । कृष्ण सेन “इच्छुक” को २२ औं स्मृती दिवसको अवसरमा

वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार

त्रुटी सच्याउन समाजवादी प्रेस सङ्गठनको आग्रह

काठमाडौं । समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी

पोलियोविरुद्धको आइपीभी खोप : राप्तीसोनारीमा ४० प्रतिशतले खोप लगाउँदा खजुरामा १३ प्रतिशतलाई खोप लगाइयो

नेपालगन्ज । बांकेमा आजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएको