२० भदौ २०८३, शनिबार | September 5, 2026

१ करोड पुरस्कार भएको मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्सको अडिसन नेपालगन्जमा हुने



नेपालगन्ज । नेपालकै सर्बाधिक पुरस्कार रासी भएको रियालिटि सो मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्सको अडिसन नेपालगन्जमा हुने भएको छ । यही फाल्गुण २० र २१ गते नेपालगन्जको सगरमाथा ईङ्गिलस बोर्डिङ्ग स्कुल परिषरमा अडिसन हुने भएको हो ।

नेपालका बिभिन्न ४ स्थानमा मात्र हुने अडिसन मध्य लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका प्रतिभावान कलाकारहरुलाई मध्यनजर गर्दै नेपालगन्जमा अडिशन गर्न लागीएको अडिशनका पश्चिम संयोजक तिलक गाउँलेले जानकारी दिए । इन्ट्रा–नेशनल वेलफेयर अमेरिकाको आयोजनामा हुन गैरहेको नेपालगन्ज अडिशनका लागी आबेदन खुल्ला गरिएको बताँउदै गाउँलेले सो अडिसनमा सुदुरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका १ हजार बढि कलकारकारहरु अडिसनमा सहभागि हुने बताए ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शो आयोजना हुन लागेको इन्ट्रा–नेशनल वेलफेयरका नेपाल संयोजक राम बानियाँले बताए। सन् २०२३ मा यी दुबै रियालिटी शोको पहिलो सिजन भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक (जज) को भूमिकामा रहनेछन् ।

मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमा भने बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहेका छन् । दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा तथा नेपालका बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना हुँदैछ ।

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट धधध।ष्लतचबायगलमबतष्यलक।यचन बाट आवेदन दिन सक्ने छन् । अडिसनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिने छ । दुवै शोका विजेताहरुलाई एक एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ । मेरो डान्स यूनिभर्स अन्तर्गत हरेक एपिसोडको शुरुमा प्रस्तुत गरिने समूह नृत्य ग्रुप डान्स पनि प्रतियोगितात्मक हुने जनाइएको छ । समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ०४ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी