५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ को बुटवल अडिसन बुधबार



बुटवल । पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को बुटवल फिल्ड अडिसन बुधबार हुने भएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिला नेपाली अन्तर्राष्ट्रिय रियालिटी सो ’मेरो भ्वाइस यूनिभर मेरो डान्स यूनिभर्सको फिल्ड अडिसनको हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रियालिटी सो का निर्देशक एलिन श्रेष्ठले फिल्ड अडिसन नेपालको विभिन्न सहर सँगै इन्डियाको सिलिगुरीमा हुने बताउँदै बुटवलमा फागुन १० गते बुधबार हुने जानकारी दिए । उनका अनुसार नेपालगन्जमा फागुन ६ गते भैसकेको छ भने अब सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७२ २८ हुनेछ ।

फिल्ड अडिसनमा कुनै शुल्क नलाग्ने बताउँदै उनले आफ्नो उमेर १८ वर्ष कटेको खुल्ने नेपाली कागजात लिएर बुटवलको कान्ति स्कुलमा उपस्थिति हुने आग्रह गरे । उनका अनुसार फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौँ गएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका बोर्ड मेम्बर निस्क शर्माले ’मेरो भ्वाइस यूनिभर्स’ र मेरो डान्स यूनिभर्स दुबैका विजेतारुले नेपाली एकरएक करोड रुपियाँ पुरस्कार, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिए ।

उनका अनुसार डान्स यूनिभर्स अन्तरगतको संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । ’मेरो भ्वाइस यूनिभर्स’को निणरयक मण्डलमा सुरेश अधिकारी शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान र साथै मेरो डान्स युनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि।सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने बुटवल अडिसन संयोजक शिव सुबेदीले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ४० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान