७ माघ २०८२, बुधबार | January 22, 2026

फुसको छानो विस्थापित गर्ने अभियान



वीरगञ्ज । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ ।

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुदाँ ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो ।

विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ सय ८४ गरी एक हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छानो हालेर सुरक्षित आवास बनाइएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

यस्तै बारामा दुई ४३ वटा र पर्सामा तीन सय ४१ घरबाट फुसको छानो विस्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको र छिट्टै नै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख थापाको भनाइ छ । उनका अनुसार रौतहटमा तीन हजार नौ सय ५७, बारामा तीन हजार चार सय २१ र पर्सामा तीन हजार आठ सय ५१ गरी ११ हजार दुई सय २९ घरबाट फुुसको छानो हटाउने स्वीकृत भएकामा हालसम्म रौतहटमा तीन हजार दुई सय २०, बारामा दुई हजार छ सय २२ र पर्सामा तीन हजार छ सय ४७ गरी नौ हजार चार सय ८९ आवासको सम्झौता भई काम भइरहेको छ ।

सम्झौता भएकामध्ये रौतहटमा दुई सय १५, बारामा एक हजार पाँच र पर्सामा एक हजार आठ सय १६ गरी तीन हजार ३६ वटा आवासका लागि पहिलो किस्ता निकासा दिएको प्रमुख थापाले बताए । बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि जस्तापातासहितको सुरक्षित घर बनाउँदै आएको प्रमुख थापाको भनाइ छ ।

“प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्याइएको छ”, प्रमुख थापाले भन्नुभयो, “लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार निकास दिने व्यवस्था छ ।” सो कार्यक्रममा कुनै खास लक्षित वर्ग वा जात विशेषलाई नभई फुसको छानो भएका सबै परिवारलाई समेटिएको प्रमुख थापाको कथन छ ।

“तराई मधेसका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ”, रौतहटको गरुडाका श्याम साहले भने, “जसका कारण बर्सेनि आगलागीको घटना हुने गरेका छन्, त्यसैले फुसको छानो हटाउनु जरुरी छ ।” फुसको छानो हटाउन सकिए बर्सेनि हुने आगलागीको घटनामा कमी आउने उनले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ५० बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ