२९ बैशाख २०८१, शनिबार | May 12, 2024

शिक्षा क्षेत्रमा अहिलेको बजेट पर्याप्त छैन : उपप्रधानमन्त्री श्रेष्ठ



गोरखा । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताएका छन् । गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौं जिल्ला अधिवेशनलाई आज सम्बोधन गदैं श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त नभएको बताएका हुन्।

“शिक्षालाई विकास र समृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरविरोधलाई कायम राखेर हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्दैन”, उप्रधानमन्त्री श्रेष्ठले भने, “बरु रेल बनाउने कार्य केही समय रोके हुन्छ तर मुख्य जग शिक्षालाई उन्नत बनाउन एकीकृत योजना चाहिन्छ, त्यसका निम्ति साधन स्रोतको पनि व्यवस्था गर्नुपर्छ ।”

उनले अहिलेको लगानी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न नसक्ने बताए । “सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजवादको दिशामा अगाडि बढाउन सकिन्छ”, उप्रधानमन्त्री श्रेष्ठले भने, “देश रुपान्तरणमा शिक्षा क्षेत्रको विकास महत्वपूर्ण पाटो हो ।”

उनले विदेसिएका युवाहरुलाई स्वदेश फर्काउनका लागि समृद्ध नेपाल निर्माण गर्नसक्नुपर्ने बताए । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउँदै उनीहरुको क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको उपप्रधानमन्त्री श्रेष्ठले औँल्याए।

उप्रधानमन्त्री श्रेष्ठले शिक्षकहरुले नेपालको राजनीति परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रंशसासमेत गरे । उनले अहिलेको मुख्य काम सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै समृद्धिको लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको आमूल परिवर्तन पहिलो आवश्यकता रहेको बताए।

“भोलि तपाइँहरुले शिक्षा क्षेत्रको आफ्नो भूमिका छोडेर समाजको अरू भूमिकामा जाँदा क्रान्तिकारी आन्दोलन इतिहास तथा योगदानलाई बिर्सन मिल्दैन”, उनले भने, “तर अहिले सक्रिय राजनीतिक नेताभन्दा मुख्य भूमिका चाहीँ शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्ने नेता हुनु जरुरी छ ।”

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ३१ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल