२९ बैशाख २०८१, शनिबार | May 12, 2024

एमालेले रुपन्देहीमा सुरु ग¥यो ‘मिशन ग्रासरुट’



बुटवल । नेकपा एमाले रुपन्देहीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी रुपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिए । पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पु¥याउंदै दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान प्रभावकारी हुने सचिव विकले बताए ।

संविधान सभााट बनेको संविधानले व्यवस्था गरेका उपलब्धीहरुको पक्षमा पार्टी प्रतिवद्ध रहेको भन्दै विश्वकर्माले संघीयता,गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए ।

उनले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।

कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य गोपाल भट्टराई, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे,प्रचार विभाग प्रमुख हितराज पन्थी लगायतले  ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुराउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।

२ महिने अभियानमा पोलिटब्युरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिने छन् ।

अभियान अन्तर्गतको मंगलबारको कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको थियो ।

ग्रासरुट अभियान अन्तर्गत अव सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन हुनेछन् । सवै पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गरिने एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ३७ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल