२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमालेमाथि देशी विदेशी शक्ति चौतर्फी घेराबन्दीमा छन् : एमाले नेता भट्टराई



बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् ।

देशी-विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको दाबी गरे ।

नेकपा एमाले नेताका कारण नभई जनता र कार्यकर्ताहरुको योगदानले निर्माण भएको दाबी गर्दै उनले विपक्षीहरुले जतिसुकै कमजोर बनाउन खोजेपनि थप सशक्त भएर जनतामा जाने उल्लेख गरे ।

एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको बताए । जनजीविकाका मुद्दाहरुलाई उठाउने र राष्ट्रिय स्वाधिनका लागि जस्तोसुकै घेराबन्दी भएपनि एमाले प्रतिवाद गर्न तयार रहेको उनले बताए ।

मिसन ग्रासरुटको माध्यमबाट आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी अभियानमा लाग्न आग्रह गर्दै भट्टराईले जनसंगठनहरुलाई समेत थप चुस्त दुरुस्त बनाउन आवश्यक रहेको औल्याए । गत निर्वाचनको मत परिणाम लगायतका विषयलाई गम्भीर रुपमा समीक्षा गर्दै आवश्यक कुराहरुलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिट व्युरो सदस्य बैजनाथ चौधरीले एमालेलाई सिध्याउन लाग्ने शक्तिहरुका बीच आगामी निर्वाचनमा झन ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गरे । विगतका कमीकमजोरीहरुलाई सुधार गर्दै टोल, वडा तथा नगरहुँदै माथिल्लो तहसम्म पार्टी सुद्धिकरणको अवाश्यकता औल्याए ।

एमालेमाथि चौतर्फी घेराबन्दी भैरहेको समयमा कार्यकर्ताहरु थप सशक्त भएर संगठन विस्तारमा लाग्न उनले आग्रह गरे । यसैगरी एमाले रुपन्देही जिल्ला अध्या तेजेन्द्र केसीले एमाले निकट जन संगठनहरुलाई समेत थप व्यवस्थित र संगठित गर्न आवश्यक रहेको बताए । एमाले बुटवल नगरकमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षता तथा सचिव मेघराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ०० बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज