२६ असार २०८३, शुक्रबार | July 11, 2026

सांसद चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अपडेट : मुखबाट खाना खुवाउन थालियो



काठमाडौं, १० फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।

बुधबार बिहान १०ः५० बजेको अपडेटअनुुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिएका छन् ।

सिवाकोटीका अनुसार सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको नेता सिवाकोटीले जनाए । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न नदिएको बताए । सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘फागुन–१० बिहान १०।५० बजेको अपडेट अनुसार चन्द्र दाईले दोहोरो संवाद गरिरहनु भएको छ । सवैकुराको जानकारी आफैँ लिइरहनु भएको छ । खाना मुखबाट खुवाउन सुरु भएको छ । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भईरहेको छ, तर ज्वरो आएको छैन । उच्च ईन्फेक्सन नहोस् भनेर भेटघाट गर्न अस्पतालले दिएको छैन । अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेका छन्। अनुहारमा सुन्निएको घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको माधव न्यौपानेले मुम्बईबाट जनाएका छन् ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ०४ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा