१९ चैत्र २०७९, आइतबार | April 2, 2023

दिल्लीबाट काठमाडौं हिँडेका भारतीय साइकल यात्री कोहलपुरमा, नेपाली साइक्लिस्टले गरे स्वागत



कोहलपुर । भारतको राजधानी सहर दिल्ली बाट नेपालको राजधानी सहर काठमाडौ सम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएको ७ जना साइकल यात्री आज कोहलपुर आइपुगेका छन् । कोहलपुर आइपुगेका दुई अफिसियल सहित ९ जनाको टिमलाई बाँकेको कोहलपुरमा नेपालगन्ज साइक्लिङ क्लबले स्वागत गरेको छ ।

दुई देश बीचको आपसी भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्य सहित नेपाल भ्रमणमा निस्केको टोलि नेपाल प्रवेश गरेको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

सो अवसरमा बोल्दै भ्रमणको आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए ।

आयोजक टिमका जसप्रीत सिँहका अनुसार यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्य एम्बेसडरका रूपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल , आसिफ मल्वासी, रबिन्दर कुमार सिँह छन् ।

२० फेब्रुअरीमा दिल्ली स्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेब्रुअरी मा नेपालको राजधानी काठमाडौ पुगेर सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ३० बजे

रुसले पायो सुरक्षा परिषदको अध्यक्षता, युक्रेनको आपत्ति

काठमाडौं ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले

बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ

कागतीखेतीबाट रु २० लाख आम्दानी

पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

दमौली । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी