११ भदौ २०८३, बिहिबार | August 28, 2026

दिल्लीबाट काठमाडौं हिँडेका भारतीय साइकल यात्री कोहलपुरमा, नेपाली साइक्लिस्टले गरे स्वागत



कोहलपुर । भारतको राजधानी सहर दिल्ली बाट नेपालको राजधानी सहर काठमाडौ सम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएको ७ जना साइकल यात्री आज कोहलपुर आइपुगेका छन् । कोहलपुर आइपुगेका दुई अफिसियल सहित ९ जनाको टिमलाई बाँकेको कोहलपुरमा नेपालगन्ज साइक्लिङ क्लबले स्वागत गरेको छ ।

दुई देश बीचको आपसी भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्य सहित नेपाल भ्रमणमा निस्केको टोलि नेपाल प्रवेश गरेको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

सो अवसरमा बोल्दै भ्रमणको आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए ।

आयोजक टिमका जसप्रीत सिँहका अनुसार यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्य एम्बेसडरका रूपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल , आसिफ मल्वासी, रबिन्दर कुमार सिँह छन् ।

२० फेब्रुअरीमा दिल्ली स्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेब्रुअरी मा नेपालको राजधानी काठमाडौ पुगेर सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ३० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि