११ असार २०८३, बिहिबार | June 25, 2026

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग चिनियाँ राजदुत सङले गरे भेटवार्ता



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनीयॅा राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।

बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदुत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।

‘कोटेश्वरस्थीत अध्यक्ष नेपालको नीजि निवासमा बुधबार दिउॅसो भएको भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ।

उनका अनुसार राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

दुवैबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ०० बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी