४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाजुरा भूकम्प अपडेट : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति



बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ ।

भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए । भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिहं बोहराले जानकारी दिए ।

त्यसैगरी सोही गाउँपालिका-१ मा रहेको बाल विकास भवन पूर्णरुपमा भत्किएको छ । हालसम्म प्राप्त जानकारीअनुसार आठ वटा घरमा क्षति भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।

भूकम्पबाट सोही गाउँपालिका-४ बस्ने पूर्णप्रसाद पाण्डे र हरिचन्द्र पाण्डेको दुई तले घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अझै क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली पठाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ५८ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह