२७ मंसिर २०८२, शनिबार | December 14, 2025

बलात्कारकाे आशंकामा एक पुरुष पक्राउ



भक्तपुर ।  फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका- ७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वकाे टोली घटनास्थलमा पुगेकाे थियो ।

प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेकाे छ । घटनापछि  फरार रहेका  लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन् । नामथर खुल्न नसकेकी उनकाे उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाईएको जनाएको छ ।

ती युवतीमािथ जबरजस्ती करणी भएकाे हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण-५ बस्ने बर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ०३ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको