२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेपालगन्जमा नेपाल फोटोग्राफी समिट हुँदै



नेपालगन्ज । आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुने आयोजक अन्तरालले जनाएको छ ।

‘नेपालको फोटोग्राफीको विकासमा समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायणशाहले भने ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँपुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ।’

तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट संभवत नेपाल मै पहिलो पटक हो।

विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरेका फोटोग्राफरहरु र संचार माध्यममा कार्यरत फोटो पत्रकारहरु एकैथलोमा भेला भएर अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको शाहले बताए।

‘रिलवाला’ क्यामेरा देखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइ रहेको पुस्ताको एकैठाँउको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ।

समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीयस्थल भ्रमण र फोटोग्राफीलगायतका कार्यक्रमहरु आयोजना हुने अन्तररालले जनाएको छ।जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले गरेको छ।

समिटमा ११ जना अग्रज फोटोपत्रकार/ फोटोग्राफरहरु विशेष अतिथीकोरुपमा सहभागी हुनेछन् भने देशका विभिन्नस्थानवाट ५०जना सहभागी हुन पाउनेछन् जसका लागि नाम र जिस्ट्रेशन गर्नु पर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थीसमेत) सहभागी हुने छन्।

‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम बन्नेछ’ अन्तरालका कार्यकारी शाहले भने– ;समिटले अनुभवको आदान प्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ५३ बजे

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान