२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन



काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज (शुक्रबार) अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक हुन लागेको हो ।

निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो । निर्वाचन आयोगका अनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म ५ वटा निवेदन परेको थियो ।

ती निवेदनमा ४ वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए । मतदाता नामावलीमा दाबी विरोधका लागि बिहीबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको थियो ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् । राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्‌का ३ जना सांसद बाहेकको नाम थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाताको नाम सार्वजनिक भएको थियो । जसमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम थिएन् ।

प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन् । त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा उनीहरुको नाम थिएन । तर, सांसद चौधरीले ट्याक्टर जलाएको मुद्दामा तोकिएको ६ महिनाको कैद सजायमा माफी पाइसकेपछि उनको निलम्बन फुकुवा भइसकेको छ । जसकारण उनको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने भन्दै निवेदन परेको हो ।

नेपालको तेस्रो राष्ट्रपति चयनका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५४ बजे

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै