२७ असार २०८३, शनिबार | July 11, 2026

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन



काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज (शुक्रबार) अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक हुन लागेको हो ।

निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो । निर्वाचन आयोगका अनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म ५ वटा निवेदन परेको थियो ।

ती निवेदनमा ४ वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए । मतदाता नामावलीमा दाबी विरोधका लागि बिहीबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको थियो ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् । राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्‌का ३ जना सांसद बाहेकको नाम थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाताको नाम सार्वजनिक भएको थियो । जसमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम थिएन् ।

प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन् । त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा उनीहरुको नाम थिएन । तर, सांसद चौधरीले ट्याक्टर जलाएको मुद्दामा तोकिएको ६ महिनाको कैद सजायमा माफी पाइसकेपछि उनको निलम्बन फुकुवा भइसकेको छ । जसकारण उनको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने भन्दै निवेदन परेको हो ।

नेपालको तेस्रो राष्ट्रपति चयनका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५४ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा