२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

वीरगन्जमा कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन



वीरगन्ज । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ ।

सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ ।

नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कानुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् भने सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिइन ।

बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धु्रवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ । ‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको उक्त सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्ययोजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

त्यस्तै सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनमा महिला सहभागिता, पेशागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणापत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ३२ बजे

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक