२७ मंसिर २०८२, शनिबार | December 14, 2025

लागुऔषधसहित ९ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागुऔषध चरेश १४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, ।बाग्लुङ निस्ती गाउँपालिका(६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन् । विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सिरहाको सिरहा नगरपालिका-१६ स्थित माडर मिलनचोक जाने सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका(३ बस्ने २३ वर्षीय प्रमोद कुमार मण्डल, १९ वर्षीय जितेन्द्र कुमार महरा र १९ वर्षीय बीरेन्द्र कुमार मण्डल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले स.१० प ४३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-३ मुलपानी टोलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अशोक बुढालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका-९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : २२ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको