२७ असार २०८३, शनिबार | July 11, 2026

माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी



काठमाडौं। राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ ।

शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेका छन् । तर, कांग्रेस राष्ट्रपति छाडेर सहमति गर्ने पक्षमा छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकवर्ष प्रधानमन्त्री दिनेगरी कांग्रेसबाटै राष्ट्रपति बनाउने विकल्वमा पनि छलफल भएको छ ।

यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

उनीहरुबीचको कांग्रेसलाई राष्ट्रपति, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री र जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल भएको छ । र आजै साँझ ५ बजे बस्ने बैठकमा प्याकेजमै सहमति गर्नेगरी बिहानको बैठक नेताहरुले टुंग्याएका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ४१ बजे

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०