३ पुस २०८२, बिहिबार | December 18, 2025

नेकपा एमालेको सचिवालय बैठक सुरु



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले सरकार र राष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय लिने बताइएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो । यो सहमतिसँगै पुस १० मा निर्माण भएको एमाले र माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धन भत्किएको छ ।

पुस १० गतेको सहमतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछि हटेको र राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने भएपछि एमालेका नेताहरूले असन्तुष्टि जनाएका छन् । त्यसैले शनिबारको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय लिने एक पदाधिकारीले बताए ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ । त्यसका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ०८ बजे

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,