३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

नेकपा एमालेको सचिवालय बैठक सुरु



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले सरकार र राष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय लिने बताइएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो । यो सहमतिसँगै पुस १० मा निर्माण भएको एमाले र माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धन भत्किएको छ ।

पुस १० गतेको सहमतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछि हटेको र राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने भएपछि एमालेका नेताहरूले असन्तुष्टि जनाएका छन् । त्यसैले शनिबारको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय लिने एक पदाधिकारीले बताए ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ । त्यसका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ०८ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र