२५ मंसिर २०८०, सोमबार | December 11, 2023

मेयर तथा उपमेयर कप क्रिकेटमा ज्योती स्पोर्टस र नेपालगन्ज मोडेल विजयी



नेपालगन्ज । ज्योती स्पोर्टस एकेडेमी (ए) र नेपालगन्ज मोडेल एकेडेमी नेपालगन्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेता बनेका छन् ।

नेपालगन्जमा शनिबार भएको पुरुषतर्फको खेलमा ज्योती स्पोर्टस एकेडेमी(ए)ले भेरी रकर्सलाई ७७ रनले पराजित गरेको छ । महिलातर्फको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमीले होलिल्यान्ड स्कुललाई ७ विकेटले हरायो ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा शनिबार टस हारेर ब्याटिङ गरेको ज्योती स्पोर्टस एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । टोलीकालागिओपनर प्रनितथापा मगरले सर्वाधिक ५६ रन, रोहन केसीले २७ रन, अमर सिंह राउटेलाले १८ रन बनाए ।

भेरी रकर्सका रोशनकुमार साहुले ३ विकेट, सुरज दास र सोम शर्माले २–२ विकेट लिए ।

जवाफमा भेरी रकर्सले १६ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २ रन प्राप्त गरेको छ । टोलीकालागि सद्धाव अन्सारीले ३६ रन र हसिबअन्सारीले १५ रन बनाए । ज्योतीका अमर सिंहले ३ विकेट, सुनिल सुनार, सिद्धान्त राजशाही र गौतम कनोजियाले २–२ विकेट लिए । फाइनलमा ज्योतीकाप्रनितथापा मगर प्लेयर अफ द फाइनलबाट पुरस्कृत भए ।

यसैगरी महिलातर्फको खेलमा सुरुआतमा ब्याटिङ गरेको होलिल्यान्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि एलिना बर्माले ५० रन र गायत्री कश्यपले २४ रन बनाईन । नेपालगन्ज मोडेलकी चमेली चौधरीले सर्वाधिक ४ विकेट र नेरी थापाले २ विकेट लिईन ।

जवाफमा नेपालगन्जमोडेलले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमाजितहासिल गरेको थियो । होलिल्यान्डकीयामुनाथारुले २ विकेट लिईन । नेरी थापाप्लेयर अफ द म्याचबाट पुरस्कृत भईन ।

प्रतियोगितामापुरुषतर्फ भेरी रकर्सका साहिदअन्सारी प्लेयर अफ द टुर्नामेन्ट, भेरीकै सुरज दास उत्कृष्ट वलर, भेरीकै सद्धाव अन्सारी उत्कृष्ट ब्याटसम्यान, ज्योती स्पोर्टस एकेडेमी (बी)का ज्ञानेन्द्र रोकायउत्कृष्ट फिल्डर, मंगल प्रसादउच्चमाविका करण बानियाउदयीमान खेलाडीको रुपमा पुरस्कृत भए ।

यसैगरी महिलातर्फ नेपालगन्जमोडेलकीचमेलीचौधरी प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट वलर पनिचमेली, होलिल्यान्डकी जिज्ञासा थापाउत्कृष्ट ब्याटस वुमन, वेस्ट फिल्डर पनि जिज्ञासा, मंगलकीनिरुता सत्यालले राईजिङ प्लेयरको पुरस्कार प्राप्तगरिन् ।

विजयी खेलाडीलाई नेपालगन्जउप–महानगरपालिका मेयर प्रशान्त विष्ट, बाँके जिल्लाक्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, प्रतियोगिता संयोजकएवम् बाँके जिल्लाक्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खान, बाँके जिल्ला ट्राफिक कार्यालय प्रमुखहिमालयनशाहलगायतले पुरस्कृत गरे । बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमाभएकोप्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला)तर्फ ६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्त गरे । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाए । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाएका छन् ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २५ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको