२२ असार २०८३, सोमबार | July 6, 2026

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।

आइतबार बिहान जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदहरूको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।

उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुंगोमा पुग्छ। जनयुद्धका शहीदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ। त्यसका लागि विधेयक महत्वपूर्ण छ।’

अन्तरक्रियामा शहीद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : ४९ बजे

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन

खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा