३ पुस २०८२, बिहिबार | December 19, 2025

रूपन्देही सुपरलिग : डिभिजन ‘ए’को पहिलो खेलमा जीआर विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा डिभिजन ‘ए’को खेल सुरु भएको छ । आइतबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ । जीआरले शंकरनगर क्रिकेट क्लबमाथि २ सय २० रनको फराकिलो अन्तरले जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको जीआरले निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ६४ रनको उच्च योगफल बनायो । उसका लागि संदीप सुनार र खड्क बोहराले शतकीय पारी खेले । संदीपले १ सय १६ बनाउँदा खड्कले १ सय ४ जोडे । यस्तै, विशाल भुसालले ६१, पुरन विकले २७, विमल भट्टराईले १६ र अनमोल श्रीसले १० रनको योगदान दिए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री र केशव पौडेलले समान ३-३ तथा पदम ज्ञवाली र युवराज सेनले १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा जीआरका विनय जिसीले ४, संदीप सुनारले ३, पुरन विकले २ तथा सागर गिरीले १ विकेट लिए । शंकरनगरका प्रवेश सारु मगरले २३, हार्तिक तथाले १९, युवराज सेनले १७ र महेन्द्र सुवेदीले १६ रन बनाए । जीआरका संदीप सुनार म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ४ : ५६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको