७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी बनाउन कार्यदल गठन गर्ने ८ दलको निर्णय

२४ गते सबै सांसदहरुसँग छलफल गर्ने



काठमाडौं । सत्तारुढ माओवादी केन्द्रसहितका आठ दलले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी बनाउन कार्यदल गठन गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको आठ दलको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट एक एक जना सदस्य रहने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । कार्यदलले राष्ट्रपति निर्वाचनसम्बन्धी कार्यक्रम संचालन र व्यवस्थापन गर्ने छ । बैठकमा नेताहरुबीच राष्ट्रपतिको चुनावका लागि आठ राजनीतिक दल मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

बैठकले १८ फागुनमा आठै दलका संघीय सांसदहरूको बीचमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने निर्णय गरेको छ । यस्तै, १९ गते सबै प्रदेशहरूमा कार्यक्रम गर्ने निर्णय भएको छ। फागुन २३ गते सातै प्रदेशसभाका सबै सांसदहरूलाई काठमाडौं बोलाइसक्ने र २४ गते आठै दलका प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने समझदारी भएको नेता श्रेष्ठले जानकारी दिए ।

आठ दलमा माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन् ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ३५ बजे

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला