२७ असार २०८३, शनिबार | July 11, 2026

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी बनाउन कार्यदल गठन गर्ने ८ दलको निर्णय

२४ गते सबै सांसदहरुसँग छलफल गर्ने



काठमाडौं । सत्तारुढ माओवादी केन्द्रसहितका आठ दलले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी बनाउन कार्यदल गठन गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको आठ दलको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट एक एक जना सदस्य रहने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । कार्यदलले राष्ट्रपति निर्वाचनसम्बन्धी कार्यक्रम संचालन र व्यवस्थापन गर्ने छ । बैठकमा नेताहरुबीच राष्ट्रपतिको चुनावका लागि आठ राजनीतिक दल मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

बैठकले १८ फागुनमा आठै दलका संघीय सांसदहरूको बीचमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने निर्णय गरेको छ । यस्तै, १९ गते सबै प्रदेशहरूमा कार्यक्रम गर्ने निर्णय भएको छ। फागुन २३ गते सातै प्रदेशसभाका सबै सांसदहरूलाई काठमाडौं बोलाइसक्ने र २४ गते आठै दलका प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने समझदारी भएको नेता श्रेष्ठले जानकारी दिए ।

आठ दलमा माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन् ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ३५ बजे

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण

बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन