१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास



काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले उक्त अभ्यास सञ्चालन भएको जनाएको छ ।

अभ्यासमा सेनाका विभिन्न युनिट, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको रहेको निर्देशनालयले जनाएको छ ।

अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धक उद्धारलगायतका गतिविधि समावेश गरिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : ०५ बजे

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण