२८ चैत्र २०८२, शनिबार | April 11, 2026

फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् ।

दोश्रो पटक काठमाडौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले  विश्वासको मत  लिन खोजेका हुन ।

‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा एकिकृत समाजबादी पार्टीका कैलाली संयोजक दिर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठयारो नभएको बताए ।

‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिव दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।’

नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव सुदूरपश्चिम प्रदेश सुरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेश सभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकार बन्ने बताए ।

तर यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उनको भनाइ छ ।

राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओबादी केन्द्र सहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिती बनेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओबादी केन्द्रका११, नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितीमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसंग ३४ जना प्रदेश सभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ३७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र