काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेको आज बसेको सचिवालय बैठकले सरकारबाट फिर्ता हुँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको हो ।
माओवादीले पुस १० को सहमति विपरित राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवालाई समर्थन नगरेपछि एमाले सरकारबाट बाहिरिने अनुमान गरिएको थियो । यद्यपी, दुई दिन अघि बसेको सचिवालय बैठकले भने राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको थियो । सरकारमा बसिरहन उचित नभएका कारण बाहिरिनुपरेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।
एमालेले प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जनेभा भ्रमण रोकेकोमा पनि आपत्ति जनाएको छ । प्रधानमन्त्रीले भ्रमण रोकेर राष्ट्रकै इज्यतमाथि खेलवाड गरेको एमालेले आरोप लगाएको छ ।



















प्रतिक्रिया