२७ असार २०८३, शनिबार | July 11, 2026

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याए । “यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ”, उनले भने ।

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १ : ४८ बजे

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण

बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक