१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रातमा पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक सीसीटिभी हेरेर पक्राउ



बुटवल । रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले २४ घण्टाभित्र नियन्त्रणमा लिएको छ ।

फागुन १२ गते रातको ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं ८ सुर्यनगर स्थित पुर्वपश्विम महेन्द्र राजमार्गमाको छेउमा एकजना पुरुष चोटपटक लागि गम्भिर घाईते भई लडिरहेको अवस्थामा देखि प्रहरीलाई खबर हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी पुगी टाउकोमा गहिरो चोटलागी गम्भिर घाईते रहेका नाम थर तत्काल नखुलेका परुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठाईएको थियो।

उपचारकै क्रममा एक्लै पैदल हिडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षिया पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुलेपनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन। तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रुपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिप्परले ठक्कर दिएको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धानकै क्रममा उक्त टिप्पर पहेलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडकखण्डमा गई फरार रहेको विभिन्न सीसीटिभीफुटेजको अनुसन्धानबाट खुल्न आएका हो ।

उक्त टिप्परको खोजि गर्दा अर्को दिन दिउँसो सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडीको भागमा प्रहरीले टिप्पर फेला पारेको छ । टिप्परसँगै २३ वर्षिया धन बहादुर थारुलाई पक्राउ गरीएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका टिप्पर चालकलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको र घाईते रहेका पुरन पेग्नी मगरको टाउकोमा गहिरो चोट देखिएकोले लुम्बिनी प्रादेशिक अस्पतालमा नै राखेर उपचार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ५६ बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल