४ आश्विन २०८३, आइतबार | September 20, 2026

सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै



नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल-५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिए । उनले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकासका योजना अगाडि बढाएको छ ।

‘सेफहाउस‘ सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउनेलगायतका योजना नगरपालिकाले अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अन्डा, दूध र तेलहनमा आत्मनिर्भर हुने गरी रणनीति तय गरिएको पनि नगरपालिकाले जनाएको छ ।

यसैगरी सुनवल रिङरोड निर्माण गर्ने, एक हजार किलोमिटर सडक कालोपत्र, चार नयाँ झोलुङ्गे पुल निर्माण, चार सडक पुल र ५० किलोमिटर नयाँ सडक निर्माण गर्ने पनि सुनवलले पाँचवर्षे योजनामा सार्वजनिक गरेको छ । एक नगर एक नमूना बस्ती, फोहरमैला उद्योग, अटोभिलेज निर्माण, एक वडा एक खेलमैदानलगायतका महत्वकांक्षी योजना पनि समेटिएको छ ।

प्रशासनिक भवन निर्माण

नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) स्थित प्रतापपुर गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको छ । भाडाको घरमा बस्दै आएकाले यसपटक चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरी आफ्नो प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको हो ।

रु १२ करोड बढी लागतमा बन्ने प्रशासनिक भवन निर्माणका लागि करिब नौ कट्ठा जग्गामा भवन निर्माणका लागि बोलपत्र आह्वानसमेत भइसकेको पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । यसैबीच पालिकाले बेलाटारी स्वास्थ्यचौकी क्षेत्रको जग्गामा प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरी काम अगाडि बढिसकेको छ । अहिले सो क्षेत्रमा रहेको स्वास्थ्यचौकीका पुराना जीर्ण भवन भत्काउने कार्य भइरहेका छ । यसपछि प्रशासनिक भवनको शिलान्यास गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ७ : ४१ बजे

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान