१ चैत्र २०८२, आइतबार | March 15, 2026

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन



काठमाडौँ । राष्ट्रपति निर्वाचनआउन अव ९ दिन बाँकी छ । निर्वाचन आयोगले प्रकाशित कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । कार्यतालिका अनुसार आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन समेत गर्ने छ ।

आयोगले राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ भने नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवार बनाएको छ । नेम्वाङको पक्षमा एमाले एक्लै चुनावी मैदानमा देखिएपनि उनलाई राजतन्त्रका पक्षधरहरुको साथ रहने देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् भने राप्रपाले एमाले भन्दा अघि समर्थन फिर्ता संगै सरकारबाट बाहिरिइसकेको छ ।

उम्मेदवारद्धय विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् । आठदलीय गठबन्धनले १९ गतेका लागि प्रतिनिधि र राष्ट्रियसभाका सबैदलका सांसदहरुसंग छलफल गर्ने कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ११ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र