३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रावधिक समस्या पछि स्पेस एक्सको रकेट उडान अन्तिममा रोकियो



काठमाडौं । नासाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा चार अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्सको रकेटको प्रक्षेपण रोकिएको छ।

उडान भर्न लागेको अन्तिम समयमा आएर देखा परेको प्राविधिक समस्याका कारण प्रक्षेपण रोक्नु परेको स्पेश स्टेशनले जनाएको छ ।

क्यानेडी स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र उक्त रकेट रोकिएको हो। स्पेस एक्सले तत्काल यसको जानकारी दिँदै मौसममा खराबी नआएको खण्डमा अब उक्त उडान मंगलबार गरिनेछ।

स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारी अवस्थामा थिए।

यस्तै, रकेटबाट सबै इन्धन निकालिएको थियो, त्यो बेलासम्म चारै अन्तरीक्षयात्री भने रकेटभित्रै रहेका थिए । कमान्डर स्टिफिन बोवेनले आफूहरु भित्रै सुरक्षित रहेको जनाए पछि उनीहरु सबै‍लाई भित्र नै राखेर सबै इन्धन निकालिएको हो ।

स्टेशनका इन्जिनियरहरुको अनुसार इन्जिन इग्निशन फ्लूइठको लोड गर्नका लागि उपयोग गरिने उपकरणमा समस्या आए पछि चार अन्तरिक्ष यात्रीसहित उडान भर्न लागिएको रकेट दुई मिनेट अघि स्थगन गरेर इन्धन निकालिएको हो । अहिले रकेट पुर्ण रुपमा सञ्चालनका लागि योग्य भएको छ ।

सम्भवतः आजै उडान भर्ने गरी तयारी अवस्थामा राखिएको छ, स्पेश एक्सले भनेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : २३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड