१६ माघ २०८२, शुक्रबार | January 30, 2026

प्रावधिक समस्या पछि स्पेस एक्सको रकेट उडान अन्तिममा रोकियो



काठमाडौं । नासाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा चार अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्सको रकेटको प्रक्षेपण रोकिएको छ।

उडान भर्न लागेको अन्तिम समयमा आएर देखा परेको प्राविधिक समस्याका कारण प्रक्षेपण रोक्नु परेको स्पेश स्टेशनले जनाएको छ ।

क्यानेडी स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र उक्त रकेट रोकिएको हो। स्पेस एक्सले तत्काल यसको जानकारी दिँदै मौसममा खराबी नआएको खण्डमा अब उक्त उडान मंगलबार गरिनेछ।

स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारी अवस्थामा थिए।

यस्तै, रकेटबाट सबै इन्धन निकालिएको थियो, त्यो बेलासम्म चारै अन्तरीक्षयात्री भने रकेटभित्रै रहेका थिए । कमान्डर स्टिफिन बोवेनले आफूहरु भित्रै सुरक्षित रहेको जनाए पछि उनीहरु सबै‍लाई भित्र नै राखेर सबै इन्धन निकालिएको हो ।

स्टेशनका इन्जिनियरहरुको अनुसार इन्जिन इग्निशन फ्लूइठको लोड गर्नका लागि उपयोग गरिने उपकरणमा समस्या आए पछि चार अन्तरिक्ष यात्रीसहित उडान भर्न लागिएको रकेट दुई मिनेट अघि स्थगन गरेर इन्धन निकालिएको हो । अहिले रकेट पुर्ण रुपमा सञ्चालनका लागि योग्य भएको छ ।

सम्भवतः आजै उडान भर्ने गरी तयारी अवस्थामा राखिएको छ, स्पेश एक्सले भनेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : २३ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य