२७ असार २०८३, शनिबार | July 11, 2026

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर-९ विष्णु मन्दिर नजिक पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र २-०२-००१ च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा १८ च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका-३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : २१ बजे

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण

बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन